बिरामीको मृत्युपछि मणिपाल शिक्षण अस्पतालमा तनाव

पाेखरा | असोज ८, २०८०

बिरामीको मृत्युपछि मणिपाल शिक्षण अस्पतालमा तनाव

पोखरा:   मणिपाल शिक्षण अस्पतालमा उपचारत सुकमाया दुराको मृत्युपछि अस्पतालमा तनाव उत्पन्न भएको छ । 


अस्पतालमा हिजो (आइतबार) उपचारका लागि पुगेका ५७ वर्षीय सुकमाया दुरा गुरुङको उपचारको क्रममा आज बिहान मृत्यु भएपछि तनाव उत्पन्न भएको हो । आफन्तहरुले चिकित्सकको लापरवाहीका कारण बिरामीको मृत्यु भएको आरोप लगाएका छन् । 


बिरामीका आफन्तका अनुसार हिजो ढाड दुख्ने समस्या र पेसर लो भएर मणिपाल अस्पताल पुगेका बिरामीको आज बिहान मृत्यु भएको हो । 


उनले सामान्य अवस्थामा अस्पतालमा भर्ना गरिएका बिरामीको कसरी मृत्यु भएको हो भनेर डाक्टरहरुसँग सोधपुछ गर्ने क्रममा डाक्टरले हात हालेपछि तनाव उत्पन्न भएको बिरामीका आफन्तले बताएका छन् ।

निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ ।    ...

थप पढ्नुहोस्

काठमाडौँ:    निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ ।    आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

थप पढ्नुहोस्

काठमाडौँ:  चारदिने औपचारिक भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल आज जापान पुगेका छन् ।   उनलाई नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानको विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका...

थप पढ्नुहोस्